Tuesday, August 11, 2026
spot_img

‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

spot_img

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा सुवर्ण योजना ” को इकाई  आज मंगलबारदेखि नियमित खरिद बिक्री गर्न सकिने भएको छ । क्यापिटलले आजदेखि इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालन गरेको हो ।

यस अन्तर्गत क्यापिटलले इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी (Lump-sum Investment and Payment), व्यवस्थित लगानी योजना दर्ता (Systematic Investment Plan – SIP Registration),  व्यवस्थित लगानी योजनाको किस्ता भुक्तानी (SIP Installment Payment), लाभांश पुनःलगानी योजना दर्ता (Dividend Reinvestment Plan – DRIP Registration), प्रणालीको दर्ता, लगइन तथा प्रोफाइल व्यवस्थापन (Registration, Login and Profile Management), र इकाई पुनर्खरिद, SIP संशोधन तथा SIP रद्द (Unit Redemption, SIP Amendment and Cancellation) सुविधा सुरु गरेको छ ।

अन्य अनलाइन सुविधाहरू क्रमशः थप गरिँदै लगिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योजनासँग सम्बन्धित सम्पूर्ण सेवाहरू कमलपोखरी, काठमाडौँ स्थित योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको कार्यालय तथा गरिमा विकास बैंक लिमिटेडका देशभर फैलिएका शाखा कार्यालयहरूमा उपस्थित भई समेत प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली प्रयोग गर्नका लागि लिङ्क : https://gsym.garimacapital.com वा, www.garimacapital.com तथा www.garimabank.com.np मा रहेको लिङ्कमार्फत समेत प्रयोग गर्न सकिने क्यापिटलले जनाएको छ।

योजनाका इकाईहरूको खरिद तथा बिक्री Cut-off समयानुसार निर्धारित हुने खुद सम्पत्ति मूल्य (NAV) को आधारमा हुनेछ।

क्यापिटलले गत फागुन २८ गतेदेखि चैत्र ११ गतेसम्म गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरिमा सुवर्ण योजना नामको ओपन म्युचुअल फण्डको इकाई निष्काशन गरेको थियो।  यस योजनाको आकार १ अर्ब रहेकोमा पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गरिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...
spot_img

This will close in 0 seconds