Tuesday, August 11, 2026
spot_img

बहुराष्ट्रिय २० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री

spot_img
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन्। छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको छ।
 
मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे उक्त छलफल सुरु हुनेछ। छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने छन्।
यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्। यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन्।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...
spot_img

This will close in 0 seconds