शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८२.९७ प्रतिशतले १ अर्ब १८ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६४ करोड ५६ लाख खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.९० प्रतिशतले बढेर २ अर्ब ८२ करोड पुगेको छ। कम्पनीको संचालन नाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ। कम्पनीको इम्पेरमेन्ट चार्ज ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा १६.८६ रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २३.५२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ।
५ अर्ब २ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.९३ प्रतिशत रहेको छ।









