Thursday, July 30, 2026
spot_img

बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डा र मासुको खपत बढ्न थाल्यो, मूल्य पनि वृद्धि

spot_img

बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै मासु र अण्डाको खपत बढ्न थालेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको छ ।

खपत बढ्न थालेपछि संघले अण्डाको समर्थन मूल्य पनि बढाएको छ । अब सबैभन्दा ठूलो अण्डा (एक्सेल) प्रतिक्रेट ५४५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ, मिडियम साइजको अण्डा प्रतिक्रेट ५ सय रुपैयाँ र सानो साइजको अण्डा प्रतिपेटी )सात क्रेट) को मूल्य ३ हजार तोकिएको छ ।

अण्डासँगै कुखुराको मासुको मूल्य पनि बढेको छ । ठाउँ अनुसार फरक फरक दरले मासुको मूल्य बढेको छ । बर्डफ्लु संक्रमण सुरु हुनु अगाडि ब्रोइलरको जिउँदो कुखुरा प्रतिकिलो २६० रुपैयाँमा बिक्री हुँदै आएकोमा संक्रमण बढ्दा मूल्य घटेको थियो । अहिले बढेर प्रतिकिलो २१५ रुपैयाँ पुगेको छ ।

कुखुराका चल्लाको भाउ पनि बढ्न थालेको छ । ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा ७० रुपैयाँ पुगेको छ । ह्याचरी उद्योग संघले लागत नै प्रतिगोटा ६५ रुपैयाँ पुगेकाले मूल्य प्रतिगोटा ७० कायम गरिएको जनाएको छ ।

बर्डफ्लु संक्रमण कारण देशभरी १० लाख लेयर्स कुखुरा मारिएको थियो । पशु सेवा विभागका अनुसार साउन १ गतेयता कतैपनि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ?

सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत...

भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख कित्ता बढी...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले बनाए समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न...

ट्रान्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो ISO 9001:2015 प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट...

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक, ३५ प्रतिशत बजार हिस्सा

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img