पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको शेयर बिक्री गर्ने भएको छ। पञ्चकन्या पावरले आफ्नो नाममा रहेको पञ्चकन्या माई हाईड्रोपावरको ४३ लाख १४ हजार ४ सय २० कित्ता शेयर मध्ये १० लाख ६४ हजार ४ सय २० कित्ता शेयरहरु बिक्री गर्ने भएको हो ।
कम्पनीले आफ्नो योजना अनुरुप नै दोस्रो बजारमा शेयर बिक्री गर्ने निर्णय भएको जनाएको छ । सोहि अनुसार कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृती तथा नियमन सम्बन्धी निर्देशिका २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गरेको हो।









