Friday, July 17, 2026
spot_img

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

spot_img

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ ।

भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका ४०५ स्थानीय तहमा आज (साउन १ गते)बाट जग्गाको कित्ताकाट रोकिएको हो ।

उक्त नियमावलीमा जग्गाको वर्गीकरण नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था रहेका कारण उक्त प्रावधान आजबाट कार्यान्वयनमा आएको हो ।

देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ३४८ स्थानीय तहले मात्रै भूमिको वर्गीकरण गरेर त्यसको विवरण नापी विभागमा पठाएका छन् ।

कित्ताकाट रोकिएपनि अंशबन्डामा भने असर पर्दैन । जग्गा टुक्रा पारेर बिक्री गर्ने वा व्यवसायिक प्लटिङका लागि हुने कित्ताकाट भने रोकिएको हो ।

भूउपयोग ऐन, २०७६ र नियमावली, २०७९ मा स्थानीय तहले आफ्नो क्षेत्रभित्र पर्ने जग्गालाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन, खानी तथा खनिज लगायत १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल लाइफ इन्स्योरेन्सले बिरगंजमा किन्यो ८७.५३ धुर जग्गा, मूल्य ३३ करोड ७७ लाख

नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं....

तोलामा ३१ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि घट्यो

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला...

मिटरब्याज पीडित पक्ष र सरकारबीच निर्णायक वार्ता हुँदै, आजै सम्झौता हुने

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै...

निर्धन उत्थान लघुवित्तको सीइओमा नारायण बहादुर कार्की नियुक्त

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की...

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...
spot_img