Thursday, July 16, 2026
spot_img

उर्जा मात्र नभई सबै क्षेत्रको पूर्वाधार विकासको लागि वन ऐन संशोधन हुनै पर्छ: अध्यक्ष डाँगी

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगीले झन्झटिलो प्रशासनिक प्रक्रिया र ‘विकासविरोधी’ वन ऐनका कारण नेपालको ऊर्जा क्षेत्रले ठुलो चुनौती भोग्नुपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष डाँगीले नेपाल र भारतबिच भएको पछिल्लो ऊर्जा सम्झौता र प्रसारण लाइन क्षमता वृद्धिको स्वागत गरे । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय (जेएससी) बैठकले विद्युत आयाततर्फ १४ सय मेगावाट र निर्याततर्फ १६५० मेगावाट क्षमता पु¥याउने निर्णय गरेकोमा उनले खुसी व्यक्त गरे । यसले ऊर्जा क्षेत्रमा नयाँ उत्साह थपेको उनको भनाइ थियो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको अर्बौँ लगानी भए पनि वन तथा वातावरण मन्त्रालयको कडा नीतिका कारण धेरै आयोजनाहरू ठप्प भएको उनले आरोप लगाए ।

‘हाम्रो ४५ प्रतिशत वन क्षेत्र, १५ प्रतिशत हिमाली क्षेत्र र विभिन्न संरक्षण क्षेत्रहरू (बफर जोन) का कारण झन्डै १९ हजार मेगावाटका आयोजनाहरू प्रभावित भएका छन् । सरकारले एकातिर अनुमति दिने तर अर्कोतिर एउटा वार्डेन वा अधिकृतले पत्र काटेकै भरमा अर्बौँको लगानी रोकिने अवस्था छ,’ अध्यक्ष डाँगीले भने । उनले ऊर्जा क्षेत्र मात्र नभई समग्र पूर्वाधार विकासका लागि वर्तमान वन ऐन र नियमहरू बाधक रहेको उल्लेख गर्दै यसलाई तत्काल परिमार्जन गरी ’विकासमैत्री’ बनाउन माग गरे । एउटा ऊर्जा आयोजना सम्पन्न गर्न ८ वटा मन्त्रालय, २४ वटा विभाग र २०० भन्दा बढी निकायहरू धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले प्रशासनिक झन्झटले लगानीकर्तालाई निरुत्साहित गरेको बताए ।

त्यस्तै, बर्खाको समयमा उत्पादित बिजुली खपत हुन नसक्दा झन्डै १ हजार मेगावाट विद्युत खेर गइरहेको र यसबाट बच्न आन्तरिक खपत वृद्धि र प्रसारण लाइनको विस्तार अनिवार्य रहेको उनले औँल्याए । सरकारले प्रसारण लाइन निर्माणका लागि चालु आर्थिक वर्षमा ७० अर्ब रुपैयाँ छुट्याउनु र निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत व्यापार (ट्रेडिङ) मा सहभागी गराउने पहल गर्नु सकारात्मक कदम भएको उनले बताए ।

अहिलेको सरकार दुई तिहाइ नजिक रहेको र नीतिगत परिवर्तन गर्ने सामथ्र्य राख्ने भएकाले चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धताहरू पूरा गर्न उनले आग्रह गरे । ‘अहिलेको सरकारले चाहेमा ऐन, कानुन र निर्देशिकाहरू सजिलै परिवर्तन गर्न सक्छ । राजनीतिक दलहरूले घोषणापत्रमा जनाएको प्रतिबद्धता मात्र पूरा गरिदिए पनि ऊर्जा क्षेत्रको आधा समस्या समाधान हुन्छ,’ डाँगीले भने ।

उनले निजी क्षेत्र, सरकार र सञ्चार जगत् मिलेर अघि बढे मात्र १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...

अझै पनि ६० प्रतिशतभन्दा बढी उद्योगहरू जेनेरेटर प्रयोग गर्न बाध्य छन् : अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन...

नाइमा अध्यक्षलाई प्रश्नः गाडी आयात मात्रै गर्ने कि देशभित्रै उत्पादन पनि सुरु गर्ने ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करणको...

‘ऊर्जा क्षेत्रमा लगानी गर्न बैंकको ऋण मात्र पर्याप्त छैन, ‘फाइनान्सियल मिक्स’ मा जानुपर्छ’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद...

अहिले पनि अघोषित लोडसेडिङ भोग्नुपरेको छ, बत्ति नबाल्न प्राधिकरणबाट फोन आउँछ: अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी गर्दै छौँ, १२ प्रसारण लाइन एक वर्षमा सम्पन्न हुन्छ: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादनसँगै...
spot_img