नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्दैछ । साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने एक्स्पोलाई लिएर अहिले व्यवसायदेखी अटोमोबाइल्स पारखीसमेत उत्साहित देखिएका छन् । के कस्ता नयाँ मोडल आउलान् ? कुन ब्राण्डले कस्तो मोडल ल्याउलान् ? नयाँ नयाँ ब्राण्ड कुन भित्रिएलान् जस्ता कौतुहलता अहिले बढेको छ ।
नाइमा त्यस्तो मितिमा आयोजना हुँदैछ, जुन मुख्यतया २ वटा कुराले विशेष देखिन्छ । पहिलोः भर्खरै आर्थिक वर्ष सकिएको हुन्छ, नयाँ आर्थिक वर्षको सुरुवाती समय हुन्छ । यो समयमा व्यवसायीहरु तुलनात्मक रुपमा दायित्वमुक्त हुन्छन् । दोस्रोः एक्स्पो नजिकिँदै गरेका चाडवाड लक्षित पनि हुन्छ ।
दुई पाङ्ग्रे, चार पाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादनसहित ५५ ब्राण्डका ५१ स्टल रहने एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडल लन्च गर्ने हुने जनाइएको छ । यो एक्स्पोसँगै समग्र अटोमोबाइल्स उद्योगको विषयमा केन्द्रित रहेर बिजनेशपानाले नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यसँग कुराकानी गरेको छ।
भिडियोः









