Friday, July 10, 2026
spot_img

अब AI ले गर्नेछ सार्वजनिक सवारीको अनुगमन: हरेक गाडीमा ५ क्यामेरा र SOS वटन अनिवार्य

spot_img

सरकारले सार्वजनिक सवारी साधनमा प्रविधिमैत्री निगरानी प्रणाली लागू गरेको छ । पूर्वाधार विकास मन्त्रालयले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालनसम्बन्धी मापदण्ड २०८३’ स्वीकृत गर्दै सार्वजनिक सवारी साधनमा प्रविधिसहितको मापदण्ड कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रिपरिषद्को २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धि एक सय कार्यसूचीहरुको बुँदा नं. ९८ को व्यवस्था कार्यान्वयन गर्न यो मापदण्ड लागू गरिएको मन्त्रालयले जनाएको छ । यो मापदण्ड सफा टेम्पो, ट्याक्सी, जीप, भ्यान, पिकअप, माइक्रोबस, मिनीबस, ठूला बस, पर्यटक बस, पर्यटक कार र जीप, पर्यटक माइक्रो बस, भ्यान, मालवाहक सवारी साधन ट्रक, ट्याङ्कर, मिनी ट्रक र मालवाहक पिकअपसम्म गरी वर्गलाई लागू हुनेछ ।

मापदण्ड अनुसार सार्वजनिक र मालवाहक सवारी साधनमा सीसी क्यामेरा अनिवार्य रुपमा जडान गर्नुपर्नेछ । सवारी साधनको अगाडि फ्रन्ट ड्यासक्याम, पछाडिको ब्याक ड्यासक्याम र चालक बस्ने क्याबिनमा क्यामेरा राख्नुपर्ने व्यवस्था नयाँ मापदण्डले गरेको छ ।

सवारी साधन ब्याक गर्न सहज होस् भन्नेका लागि (पछाडी पट्टि हिडाउनुपर्दा) रिभर्स असिस्ट क्यामेरा जडान पनि अनिवार्य गरिएको छ ।

प्राथमिक उपचार किट बक्स पनि साथमै राख्नुपर्नेछ । बस र ट्रकले यस्तो किट बक्समा २० प्रकारका औषधी तथा सामाग्रीहरु राख्नुपर्नेछ । सवारी साधनमा अग्नि नियन्त्रक उपकरण पनि हुनुपर्नेछ ।

यस्तै सवारी साधनमा विद्युतीय स्थान निर्धारण उपकरण (भेहिकल लोकेसन ट्रयाकिङ डिभाइस‐भीएलटीडी) पनि अनिवार्य रुपमा जडान गर्नुपर्ने छ । सवारी साधनको तत्कालको अवस्था, गति, तोकिएको रुटमा छ वा छैन, कुन दिशामा छ भनेर हेर्नका लागि ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम प्रणालीमार्फत निगरानी गरिनेछ ।

सवारी साधनको स्टेरिङ अगाडि अर्थात चालक बस्ने स्थानमा चालक अनुगमन प्रणाली (ड्राइभर मोनिटरिङ सिस्टम) अनिवार्य रुपमा जडान गर्नुपर्ने व्यवस्था गरिएको छ । यो प्रणालीले चालक थाकेको, निदाएको, ध्यान मोडिएको (मोवाइल चलाएको, धुम्रपान गरेको, कुराकानी गरेको, अन्यत्र ध्यान दिएको) अवस्थामा तत्कालै चालकलाई अलर्ट गराउँछ । यति मात्रै नभई, यस्तो सूचना प्रणालीले नै नियन्त्रण कक्षको विद्युतीय अभिलेख प्रणालीमा पठाउन मद्दत गर्छ ।

सवारी साधनमा कुनै समस्या आइपरेमा, आक्रमण भएमा वा अन्य कुनै आपातकालीन समस्या सिर्जना भएमा बस कुन ठाउँमा छ भन्ने जानकारी नियन्त्रण कक्षको विद्युतीय अभिलेख प्रणालीमा पठाउनका लागि आपतकालीन सूचना वटन समेत बसमा अनिवार्य रुपमा जडान गर्नुपर्नेछ । यस्तो वटन थिच्नासाथ सवारी साधनको ‘लाइभ लोकेशन’ सहितको चेतावनी सन्देश कन्ट्रोल रुममा पुग्छ ।

कुन सवारीले कस्तो उपरकण जडान गर्नुपर्छ ?

सफा टेम्पो र ट्याक्सीः टेम्पो र ट्याक्सीमा अगाडिको ड्यासक्याम तथा क्याबीन क्यामेरासहितको सुरक्षा निगरानी क्यामेरा प्रणाली तथा चालकको पहुँचभित्र एक र यात्रु क्याबीनको मध्य भागमा एक गरी दुईवटा एसओएस वटन । एसओएस वटन भनेको आपतकालको अवस्थामा ज्यान जोगाउनको लागि आग्रह गर्दै थिचिने वटन हो ।

जीप, भ्यान, पिकअपः अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्याम, सुरक्षा निगरानी क्यामेरा, चालक अनुगमन प्रणाली तथा चालक र यात्रुको पहुँचभित्र हुनेगरी ३ वटा एसओएस वटन ।

माइक्रोबस र मिनिबसः अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्याम, क्यावीन क्यामेरा, सुरक्षा निगरानी क्यामेरा, चालक अनुगमन प्रणाली, चालकको पहुँचमा एक, अगाडिको यात्रु वा प्रवेश स्थलनजिक एक तथा यात्रु क्याबीनमा समानुपातिक रुपमा ३ वटा एसओएस वटन ।

ठूला यात्रुबाहक बसः अगाडिको ड्यासक्याम, पछाडिको ड्यासक्याम, यात्रु र क्यावीनको अगाडि र पछाडि गरी क्याबीन क्यामेरासहितको सुरक्षा निगरानी क्यामेरा प्रणाली, चालक अनुगमन प्रणाली, चालकको पहुँचभित्र एक, अगाडिको यात्रु वा प्रवेशस्थल नजिक एक तथा यात्रु क्याबीनमा समानुपातिक रुपमा आवश्यक संख्यामा एसओएस वटन ।

पर्यटक बसः अगाडि ड्यासक्याम, पछाडि ड्यासक्याम, सुरक्षा निगरानी क्यामेरा, चालक अनुगमन प्रणाली र चालकको स्थानमा एक र यात्रु क्याबीनभित्र एक एसओएस वटन ।

सवारी साधनमा यी आधुनिक उपकरणहरू यातायात व्यवसायी वा कर्मचारीहरुले आफूखुसी जडान गर्न वा प्रयोग गर्न पाउँदैनन् । सरकारले स्वीकृत गरेको मोडल र विशेषतायुक्त उपकरण मात्रै जडान गर्नुपर्नेछ ।

यातायात व्यवसायीहरुले अब सरकारले सेवा प्रदायक छनोट गरेर उसका उपकरण स्वीकृत गरेपश्चात आफूहरुले उल्लेखित उपकरणहरु जडान गर्ने बताएका छन् ।

मन्त्रालयले सवारी साधनलाई प्रविधियुक्त, सुरक्षित, व्यवस्थित र भरपर्दो बनाई यात्रु, चालक, परिचालक तथा सर्वसाधारणको सुरक्षा अभिवृद्धि गर्न, सवारी सञ्चालनमा हुने जोखिम तथा सडक दुर्घटना न्यूनीकरण गर्न, सवारी साधनमा आवश्यक सुरक्षा उपकरण तथा प्रविधि जडान गर्ने व्यवस्था मिलाउन र सवारी साधन सम्बन्धित विवरण तथा तथ्याङ्कलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६८ (ख) बमोजिमको विद्युतीय अभिलेख प्रणालीसँग आबद्ध गरी यातायात सेवालाई थप प्रभावकारी बनाउन यो मापदण्ड ल्याइएको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

पाकिस्तानमा Jetour T2 i-DM को बुकिङ उच्च

चिनियाँ अटोमोबाइल ब्रान्ड Jetour ले पाकिस्तानमा नयाँ Jetour T2...

अप्पर लोहोरे खोला हाइड्रोको २८ लाख कित्ता बढी शेयरको लकइन अवधि साउनमा सकिँदै

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख कित्ता...

प्रधानमन्त्रीसँगको पहिलो भेटमा महासंघका अध्यक्ष श्रेष्ठले के के भने ?

नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी...

मर्जरपछि यस्तो बन्यो पोखरा फाइनान्सको संचालक समिति, अध्यक्षमा मिश्र

समृद्धि फाइनान्ससँगको मर्जरपछि एकिकृत कारोबार सुरु भएसंगै पोखरा फाइनान्समा...

डिम्याट खातामा आयो एभरेष्ट कलरको शेयर, सूचीकरणको लागि आज नेप्सेमा निवेदन दिँदै

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा...
spot_img