Tuesday, August 25, 2026
spot_img
spot_img

ठमेल पर्यटन परिषदको उपाध्यक्षमा रमेश थापाको उम्मेदवारी

spot_img

युवा व्यवसायी रमेश थापाले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका थापाले परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी असार २७ गते परिषदको वार्षिक साधारणसभा एवं नयाँ कार्यसमिति चयनको निर्वाचन हुँदैछ ।

सिन्धुपाल्चोका थापाले आफ्नो प्रतिवद्धतापत्र मार्फत ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीहरूको हित संरक्षण तथा पर्यटन क्षेत्रको समग्र विकास नै आफ्नो प्राथमिकता रहेको जनाएका छन् ।

लामो समयदेखि ठमेलको पर्यटन व्यवसायमा सक्रिय रहँदै आएका थापाले आफ्नो प्रतिवद्धतामा ठमेललाई अझ सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

आफूले सञ्चयकोष अगाडि सुरक्षागार्डको व्यवस्थामा विशेष योगदान दिएको, कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित ठमेलको पर्यटन तथा व्यावसायिक क्षेत्रलाई पुनर्जीवित गर्न आवश्यक आवाज उठाउँदै आएको जनाएका छन् । थापाले युवा व्यवसायीहरूको आवाज नेतृत्व तहसम्म पुर्‍याउने उद्देश्यले आफूले उम्मेदवारी घोषणा गरेको पनि बताएका छन् ।

थापा समाजसेवी युवाको परिचय बनाएका व्यवसायी पनि हुन् । उनले उनले कोभिड–१९ महामारीको कठिन समयमा सिन्धुपाल्चोकका विद्यालय तथा स्थानीय समुदायलाई स्वास्थ्य सामग्री, राहत तथा अन्य आवश्यक सहयोग प्रदान गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...