Wednesday, July 8, 2026
spot_img

उद्योगी व्यवसायीसँग बालेनले बिताए २ घण्टा, कति सुने कति बोले ?

spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग करिब २ घण्टा लामो छलफल गरे । उद्योग व्यवसायको अवस्था, लगानीको वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा प्रधानमन्त्रीले पहिलोपटक निजी क्षेत्रसँग छलफल गरेका हुन् ।

सांसद विदूषी राणासमेत सहभागी बैठकमा प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग प्रश्नोत्तरसहित छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रको प्रमुख संवाहक नै निजी क्षेत्र हो भन्नेमा सरकार प्रष्ट रहेको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले नीतिगत र कानूनी रुपमा सहजीकरण गर्ने प्रतिवद्धता जनाएको छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले बताएका छन् ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट सहभागी भएका महासंघका उद्योग समिति सभापति उज्ज्वल श्रेष्ठका अनुसार प्रधानमन्त्री शाहले पूराना नियम र प्रक्रियागत अवरोध हटाउँदै सरकार लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताएका छन् । उनले अहिले विगतका अभ्यास र प्रक्रियालाई झन्झटरहित बनाउन अहिले प्रधानमन्त्री कार्यालयले नै अध्ययन गरिरहेको र निकट भविष्यमै थप सुधारहरु गर्दै जाने आश्वासन दिएका छन् ।

छलफलमा प्रधानमन्त्री शाहले रोजगारी, उत्पादन र राजस्वमा निजी क्षेत्रको भूमीका महत्वपूर्ण हुन्छ भन्नेमा सरकार जानकार रहेको बताउँदै दीर्घकालिन योजना र लक्ष्यका साथ लगानी गर्न निजी क्षेत्रलाई आह्वानसमेत गरेको श्रेष्ठको भनाइ छ । यसका लागि सरकारको तर्फबाट गर्नुपर्ने कानूनी र नीतिगत सहजीकरणका लागि आवश्यक सल्लाह सुझाव दिन पनि उनले आग्रह गरेका थिए ।

यसैगरी, प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र छलफलको ‘प्लेटफर्म’का रुपमा प्राधिकरण वा अन्य कुनै संयन्त्र गठन गर्ने र त्यसमा निजी क्षेत्रको समेत प्रतिनिधित्व गराउने बताएका छन् । ‘अहिलेसम्म यति प्रभावकारी छलफल कुनैपनि सरकारसँग भएको थिएन’ श्रेष्ठ भन्छन्, ‘निकै राम्रो छलफल भयो । यसले हामीलाई हौसला प्रदान गरेको छ ।’

यस्तै, निजी क्षेत्रका तर्फबाट उद्योगी व्यवसायीहरुमाथि भइरहेको धरपकड र पक्राउका सम्बन्धमा पनि कुरा उठाइएको थियो । यस सम्बन्धमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्ने र उनीहरुलाई हतोत्साही गर्ने आफूहरुको कुनै मनशाय नरहेको प्रष्ट पारेको श्रेष्ठ बताउँछन् । ‘सरकारको कुनै इन्टेशन होइन भनेर भन्नुभयो । भइरहेको अनुसन्धानलाई टुङ्गोमा पुर्याउने दायित्व मात्रै पूरा गरिएको हो भन्ने कुरा उहाँले राख्नुभयो’ श्रेष्ठले भने ।

एक छोटकरीमा आफ्ना कुरा राख्न भनिएपनि प्रश्नोत्तर र अन्तरक्रियात्मक शैलीमा छलफल अघि बढेकाले लामो कुराकानी भएको छलफलमा सहभागी अर्का एक व्यवसायीले बताएका छन् । उनका अनुसार कुरा सुन्दै, तत्कालै आफ्ना कुरा राख्नै प्रधानमन्त्रीले २ घण्टा समय दिएका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र महासंघका उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img