Wednesday, July 8, 2026
spot_img

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

spot_img

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार विजेता प्रोटोन ई.एमएएस—५ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ । पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभीका रूपमा विकसित ई.एमएएस ५ आधुनिक चालकहरूको बदलिँदो आवश्यकता मध्यनजर गर्दै तयार गरिएको बताइएको छ । विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा विकसित यस सवारीमा विश्वस्तरमा प्रमाणित प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ । स्मार्ट प्रविधि, सहज सञ्चालन तथा भरपर्दो कार्यसम्पादनका माध्यमबाट यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल प्रोटोन ई.एमएएस—५ ले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ । आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ई.एमएएस—५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । यी सुविधाले दैनिक प्रयोगका आवश्यक सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सका अनुसार प्रोटोन ई.एमएएस—५ ले नेपालमा विश्वस्तरमा प्रमाणित विद्युतीय सवारी उपलब्ध गराउने प्रोटोनको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ । जिलीको उन्नत विद्युतीय सवारी प्रविधि र प्रोटोनको विश्वसनीय इन्जिनियरिङको संयोजनमा विकसित यो पुरस्कार–विजेता सवारीले नेपाली ग्राहकलाई नवीन प्रविधि, व्यवहारिकता, सुरक्षा तथा उत्कृष्ट मूल्य–प्रतिफल प्रदान गर्ने कम्पनीको विश्वास छ ।

विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस—५ स्मार्ट डिजाइन, विश्वस्तरमा प्रमाणित प्रविधि तथा नेपाली बजार सुहाउँदो मूल्यमा चाँडैै नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img