आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ५७ रुपैयाँ तोकिएको छ ।









