Friday, July 3, 2026
spot_img

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

spot_img

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को तालिम दिन सक्ने गरी कानून बनाउने तयारी गरेको छ । राष्ट्रिय सेवा दल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दर्ता गराइसकेका छन् ।

राष्ट्रिय सेवा दल ऐन २०२७ लाई खारेज (प्रतिस्थापन) गर्न भन्दै तयार पारिएको नयाँ विधेयधमा विद्यार्थीका अलावा जुनसुकै नेपाली नागरिकलाई सेवा दलको तालिम गराउन सकिने भनिएको छ । साथै, यसरी तालिम लिएका क्याडरहरुलाई सरकारले आवश्यकताका आधारमा स्वयम् सेवकको रुपमा खटाउन सक्ने पनि भनिएको छ ।

सेनाकै प्रशासन, सेनाबाटै तालिम
विधेयकमा आधारभूत र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीमा राष्ट्र सेवाको भावना विकास गराउन राष्ट्रिय सेवा दलको तालिम प्रदान गर्ने भनिएको छ । ‘आधरभूत र माध्यमिक शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई राष्ट्र सेवाभाव विकास गरी स्वयंसेवकको रुपमा सहभागी गराउन सक्षम जनशक्ति तयार गर्ने प्रयोजनका लागि तालिम प्रदान गर्न एक राष्ट्रिय सेवा दल रहनेछ’ विधेयकमा भनिएको छ, ‘काठमाडौँ उपत्यकामा सेवा दलको मुख्यालय र आवश्यकता अनुसार विभिन्न स्थानमा सेवा दलको शिक्षालय रहने छ ।’

सेवा दलको महानिर्देशक अवकाशप्राप्त उपरथी रहने प्रावधान प्रस्ताव गरिएको छ । यसका लागि नेपाली सेनाले सिफारिस गर्नुपर्नेछ । महानिर्देशकलाई सेवा दलको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने सहितका विभिन्न जिम्मेवारी तोकिएको छ । दुइ वर्षे कार्यकाल प्रस्ताव गरिएको महानिर्देशक पदका लागि ६० वर्ष उमेर पूरा नभएको अवकाशप्राप्त उपरथी मात्रै योग्य मानिनेछ ।

सेवा दलको प्रमुख संरक्षक प्रधानमन्त्री र संरक्षक रक्षामन्त्री रहने प्रस्ताव गरिएको छ ।

यसैगरी, क्याडरहरुलाई प्रशिक्षक पनि नेपाली सेनाले नै पठाउनेछ । नेपाली सेनाले बहालवाला सैनिकलाई प्रशिक्षकका रुपमा खटाउने विधेयकमा प्रस्ताव गरिएको छ । सेवा दलका प्रशिक्षार्थी लगायत सबैले नेपाली सेनाले तोकेको पोशाक लगाउनुपर्नेछ ।

यस्तै, राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गर्नका लागि नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषदले तोकेको स्थानमा शिक्षालय रहनेछ । यस्तो शिक्षालयको प्रमुखको जिम्मेवारी जंगी अड्डाले तोकेको सैनिक अधिकृतले प्राप्त गर्नेछन् ।

जुनियर र सिनियर तह
सेवा दलको तालिममा सहभागी हुनका लागि विद्यार्थीहरुको कक्षा र उमेर पनि तोकिएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु जुनियर तहको तालिममा सहभागी हुन सक्नेछन् भने कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सिनियर तहको तालिममा सहभागी हुन पाउने छन् ।

जुनियर तहको तालिम लिनका लागि १३ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनुपर्छ भने सिनियर तहको तालिम लिनका लागि १६ वर्ष उमेर पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ ।

सर्वसाधारण नेपालीलाई पनि तालिम प्रदान गर्न सक्ने
प्रस्तावित विधेयकको मस्यौदामा जुनसुकै नेपाली नागरिकलाई पनि सेवा दलको तालिम गराउन सकिने र स्वयम् सेवकका रुपमा खटाउन सकिने विषय उल्लेख छ । ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि विशेष परिस्थिति र युद्ध वा आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सेवा दलको तालिम गराउन सकिने’ प्रस्तावित विधेयकमा भनिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...
spot_img