Wednesday, August 12, 2026
spot_img

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

spot_img

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द भएको पाइएको हो । तथ्याङ्क कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढि प्रतिष्ठान एवं व्यवसायको गणना सम्पन्न भइसकेको भन्दै ३८ हजारको सङ्ख्यामा प्रतिष्ठान र व्यवसाय बन्द रहेको पाइएको जनाएको हो ।

कार्यालयका अनुसार हालसम्म १३ लाख ५१ हजार ३३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको छ । यसरी गणना गर्ने क्रममा विगतमा सञ्चालनमा रहेका तर, हाल बन्द अवस्थामा रहेका प्रतिष्ठान एवं व्यवसायको संख्या करिब ३८ हजार रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनामा १४ लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको ९१.६ प्रतिशत गणना सम्पन्न भइसकेको कार्यालयका प्रवक्तासमेत रहेका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिएका छन् ।

आर्थिक गणनाका लागि देशभर ३ हजार ९०७ गणक र ५२६ सुपरिवेक्षक परिचालन गरिएको छ ।

यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको पाइएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...

अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार

वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा...

नेप्सेमा सर्वोत्तम पेन्ट्सको शेयर सूचीकृत, SAPIL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको शेयर...

इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा गोर्खाज फाइनान्स, ईपीएस २५.२८ रुपैयाँ

गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

१२९ प्रतिशतले बढ्यो बिन्ध्यवासिनी हाइड्रोको नाफा, विद्युत बिक्रीबाट ४५.५६ करोड आम्दानी

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img