सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेटको घोषणा अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको पीपीए खला गरेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले साना तथा मध्यम स्तरका आयोजनाको प्रवर्द्धन गर्न १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको पीपीए खुला गरिएको जानकारी गराएका छन्
। उनका अनुसार ‘टेक अर पे’ मोडेलमा नयाँ विद्युत् खरिद सम्झौता गरिने छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुको कुल क्षमता १५ सय मेगावाट हाराहारी छ । पीपीए भएपछि ति आयोजनाहरु निर्माण सुरु हुनेछ ।












