Thursday, August 6, 2026
spot_img

सीइओ र संचालकसँग राष्ट्र बैंकले माग्यो १० थरी विवरण, विदेशको सम्पत्ति खुलाउनु पर्ने

spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग १० थरी विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सीइओ, संचालक र उच्च व्यवस्थापकलाई निर्देशन जारी गर्दै १० थरी विवरण बुझाउनु पर्ने व्यवस्था गरेको हो ।

जस अनुसार अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सीइओ, संचालक र उच्च व्यवस्थापकले आफ्नो निम्न विवरण राष्ट्र बैंकमा पेश गर्नु पर्ने छ । हाल बहालमा रहेका संचालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहको पदाधिकारीले पनि यी विवरण राष्ट्र बैंकमा बुझाउनु पर्नेछ। विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिई राष्ट्र बैंकसमक्ष पेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्ता छन् बुझाउनु पर्ने विवरण 

१. सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालना गरेको स्वघोषणा,

२.  सम्बन्धित व्यक्तिको पारिवारिक विवरण,

३. नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको स्वघोषणा , यदि संलग्न भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था,

४.  कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको स्वघोषणा । यदि भएको भए सोको विवरण,

५. अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको स्वघोषणा,

६. स्वदेश वा विदेशमा कर्जा सम्बन्धी कालोसूची वा त्यस्तै प्रकारको सूचीमा परे वा नपरेको स्वघोषणा,

७. स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण,

८.  नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको स्वघोषणा,

९. विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण,

१०.  वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस) सम्बन्धी विवरण ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img