Monday, August 24, 2026
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

spot_img

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज गरेको छ । औषधि व्यवस्था विभागका अनुसार २०८३ जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भएका पसलको लाइसेन्स स्वत खारेज गरिएको हो ।

औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि, नवीकरण तथा सो सम्बन्धी अन्य व्यवस्थाहरू लागू गरिएको छ । उक्त ऐनको दफा ११ को उपदफा (५) मा तोकिएको अवधिभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः रद्द हुने र सोको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा सरोकारवालालाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ ।

सोही कानुनी व्यवस्था बमोजिम औषधि व्यवस्था विभागबाट जारी भएका औषधि पसल सञ्चालन सम्बन्धी प्रमाणपत्रहरू मध्ये तोकिएको अवधिभित्र नवीकरण नगरिएका तथा नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र  स्वतः रद्द भएको विभागले जनाएको छ।

साथै,सम्बन्धित औषधि पसल सञ्चालकहरूले आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न तथा औषधि बिक्री-वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न समेत विभागले निर्देशन दिएको छ।

यहाँ क्लिक गरेर लाईसेन्स खारेज भएका औषधि पसलको सूची हेर्न सकिन्छ

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...
spot_img