Wednesday, June 17, 2026
spot_img

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

spot_img
spot_img

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बुटवल मार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेका हुन् ।

कार्यक्रममा बाल्दै बुटवल क्षेत्र प्रमुख आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्कुल ब्याग सहयोग गरिएको बताए । उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई उनीहरूमा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने माध्यम समेत भएको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...

हकप्रद निष्काशन गर्ने विजय लघुवित्तको प्रस्ताव, साधारणसभा आह्वान

विजय लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २७...
spot_img