Monday, June 8, 2026
spot_img

सरकारले भन्यो ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

spot_img
spot_img

नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताईन्। उनले भनिन्, “यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।”

यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत २२ को मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिएर कार्यालय समय बिहान ९ः०० देखि अपराह्न ५ः०० बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डिश होमले भन्यो ‘फिफा विश्वकप HD Set Top Box मा मात्र हेर्न पाइन्छ’

टेलिभिजन सेवा प्रदायक डिश होमले फिफा विश्वकप २०२६ को...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु...

काठमाडौँमा २७.५ किलोमिटर लामो मेट्रो रेल चलाउने तयारी, डीपीआर तयार पार्न टेण्डर आह्वान

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको लागि कार्य अघि बढाएको...

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र...

तोला मै ८२ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

अण्डाको मूल्य फेरि बढ्यो

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।...
spot_img