अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । सिडिएससीले सबै निक्षेप सदस्य (डीपी) हरुलाई पत्राचार गर्दै २०८३ असार १ गतेदेखि डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको उल्लेख गरेको छ ।
सिडिएससीले गत फागुन मै Backoffice प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरुलाई हिताग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समाबेश हुनेगरी प्रणाली विकास गर्न पत्राचार गरेको थियो । अब भने राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागिएको हो।
सिडिएससीका अनुसार २०८३ असार १ गतेदेखि लागु हुनेगरी नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका हितग्राही खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर लाई हितग्राहीको विवरणमा समावेश गर्न अनिवार्य गरिएको हो।












