Tuesday, July 28, 2026
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले २०८३ जेठ मा आवेदन दिएका हुन् । आवेदन दिनेमा २ वटा हाइड्रोपावर कम्पनी रहेको छ भने अन्य ४ कम्पनी उत्पादन तथा प्रशोधन क्षेत्रका हुन् ।

कसको कति ?

१. सुपर हेवापावर कम्पनी लिमिटेडले १९ लाख २५ हजार कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

२. रघुगंगा हाइड्रोपावर लिमिटेडले १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि जेठ ८ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।

३. राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६० लाख कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ।

४. अन्नपूर्ण माछादाना उद्योगले १० लाख ९ हजार ५ सय ३१ कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

५. युवरानी एग्रो इन्डस्ट्रीज लिमिटेडले १६ लाख ५० कित्ता शेयर निष्काशनको लागि जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

६. प्रिमियर डिस्टिलरी लिमिटेडले २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि जेठ ८ गते आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ सनराइज क्यापिटल रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img