एनआईसी एशिया बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २५ रहेको छ। २०८२ असार मसान्तसम्मको विवरण अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २५ रहेको देखिएको हो।
बैंकको सबैभन्दा ठूला शेयरधनी अशोक कुमार अग्रवाल हुन्। बैंकमा उनको ६.०७ प्रतिशत स्वामित्व रहेको छ। त्यस्तै त्रिलोक चन्द्र अग्रवालको ५.३४ प्रतिशत, सुवाष चन्द्र संघाईको ४.३७ प्रतिशत, रामचन्द्र संघाईको ३.२१ प्रतिशत तथा लोकमान्य गोल्छाको ३.१० प्रतिशत स्वामित्व रहेको छ।
बैंकमा अनुज अग्रवालको २.७० प्रतिशत, जलश्री गोल्छाको २.५४ प्रतिशत, तथा जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै अक्षय गोल्यानको १.९४ प्रतिशत,तथा तुलसीराम अग्रवाल, र मंजु अग्रवालको समान १.७८ प्रतिशत शेयर स्वामित्व रहेको छ। संचिता अग्रवालको १.७३ प्रतिशत शेयर स्वमित्व रहँदा निकुन्ज अग्रवालको १.६१ प्रतिशत, गोबिन्दलाल संघाईको १.४६ प्रतिशत, राम चन्द्र संघाईको १.२० प्रतिशत, विरेन्द्र कुमार संघाईको १.१७ प्रतिशत तथा नेपाल लाइफ इन्स्योरेन्सको १.१० प्रतिशत शेयर स्वामित्व रहेको छ। अन्य शेयरधनीको भने १ प्रतिशतभन्दा कम शेयर स्वामित्व रहेको छ।
यी हुन् बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीहरु :













