Sunday, May 31, 2026
spot_img

राष्ट्रिय लट्री कार्यक्रम संचालन गर्दै सरकार, हरेक दिन एक जनालाई लखपति बनाउने

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हरेक दिन राष्ट्रिय लट्री कार्यक्रम संचालन गर्ने बताएका छन्। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

यस अघि बजेट बक्तब्य मै औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लट्री कार्यक्रम सञ्‍चालन गरिने उल्लेख थियो। आज आयोजित पत्रकार सम्मेलनमा उनले भ्याट तिर्नेहरु पनि यस्तो लट्री कार्यक्रममा सहभागी हुन सक्ने बताएका हुन् ।

भ्याट बिल लिने र दिनेलाई प्रोत्साहन गर्ने उद्देश्यले यो नयाँ व्यवस्था सुरु गर्न लागेको उनले प्रष्ट पारे। उनले भ्याट बिल लिनेहरु स्वत लट्री कार्यक्रमको लागि योग्य हुने र हरेक दिन एकजना लखपति बन्ने उनले बताए ।

उपभोग बढाउनु पर्ने भएकोले उपभोगलाई प्रोत्साहन गर्न यस्तो निती लिईएको उनले प्रष्ट पारे । आयकरबाट मात्र ठूलो राजस्व संकलन गर्न कठिन हुने भएकाले उपभोग कर लगाउनु परेको उनले बताए। मुलुक धनि बन्दै गएपछि भने फेरि आयमा नै धेरै कर लगाईने उनले जानकारी दिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निक्कीद्वारा १९ बुँदामार्फत बजेटको स्वागत

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल सरकारद्वारा २०८३ जेठ...

बजेटबारे सर्वाधिक आलोचना भएका विषयबारे अर्थमन्त्रीले के के दिए प्रष्टीकरण ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे...

शेयरबजारको पुँजीगत लाभकर फाइनल नै हो : अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकले लगानी गर्ने

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५...

अर्थमन्त्रीले कहाँबाट ल्याउँदैछन् २४७ अर्ब वैदेशिक ऋण ? चीनसँग १ अर्ब, भारतसँग २ अर्ब मात्रै

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...
spot_img