Tuesday, September 8, 2026
spot_img

अर्थमन्त्रीले कहाँबाट ल्याउँदैछन् २४७ अर्ब वैदेशिक ऋण ? चीनसँग १ अर्ब, भारतसँग २ अर्ब मात्रै

spot_img

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याए । स्रोततर्फ उनले राजस्वमार्फत १४ खर्ब ५ अर्ब र विदेशी अनुदानबापत ६१ अर्ब,  विदेशी ऋण २४७ अर्ब र आन्तरिक ऋण ४१० अर्ब संकलन गर्ने लक्ष्य प्रस्तुत गरेका छन्।

सरकारले आर्थिक वर्ष २०८३/८४ मा कुल २ खर्ब ४७ अर्ब २८ करोड ७ लाख रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य लिएको छ । त्यसमध्ये पनि ८६ अर्ब ५ करोड ५ लाख रुपैयाँ सोझै नगद, ६१ अर्ब ३० करोड ५७ लाख सोझै भुक्तानी र ९९ अर्ब ९२ करोड ४५ लाख सोधभर्नाको रकम हुने गरि वैदेशिक ऋण लिने उल्लेख छ ।

२४७ अर्ब मध्ये सरकारले को बाट कति लिन्छ ऋण ? यस्तो छ लक्ष्य 

एशियाली विकास बैंक र अन्तर्गतका निकायबाट – १ खर्ब १२ अर्ब २७ करोड ७४ लाख

विश्व बैंक र अन्तर्गतका निकायबाट – ८९ अर्ब ८७ करोड ६६ लाख

अन्तराष्ट्रिय मुद्रा कोषको ईसीएफ सुविधा मार्फत – ६ अर्ब ३० करोड १ लाख

ओपेकबाट – ४५ करोड ९२ लाख

अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईफाड)बाट- ३ अर्ब १३ करोड ९२ लाख

एशियन पूर्वाधार लगानी बैंकबाट – ४ अर्ब

विद्यालय क्षेत्र सुधार कार्यक्रमबाट – ९ अर्ब ५३ करोड ८४ लाख

चीनबाट – १ अर्ब

भारतबाट – २ अर्ब ७ करोड ५० लाख

जापानबाट – ६ अर्ब ७ करोड ५० लाख

कुवेत विकास कोषबाट – ८७ करोड

साउदी विकास कोषबाट – १ अर्ब ६२ करोड ८१ लाख

युरोपियन युनियनबाट – १० अर्ब ४ करोड १७ लाख

जम्मा : २ खर्ब ४७ अर्ब २८ करोड ७ लाख

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...