दोर्दी खोला जलविद्युत कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले असार १ गते विशेष साधारणसभा बोलाएको हो ।
सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीले ५६.६२ प्रतिशत हकप्रद निष्काशन गर्न चाहेकोमा विद्युत नियमन आयोगले त्यो भन्दा कम अनुपातमा मात्र हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको थियो । अब कम्पनीले सोहि अनुसारको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीको सभामा २८.८४ प्रतिशतले हुन आउने ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरको ६० लाख ८२ हजार ५ सय ५० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै सोहि बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र थप संशोधन आवशन परेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।
कम्पनीले यस अघि नै साधारणसभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेकोमा अनुपात परिवर्तन गरेपछि कम्पनीले फेरि विशेष साधारणसभा बोलाएर प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि जेठ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।












