Monday, June 1, 2026
spot_img

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्बन्धि सम्झौता

spot_img
spot_img

नागरिक लगानी कोष र नबिल बैंकबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा योगदानमा आधारित भए वा नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ ।

बैंकका कर्मचारीहरूले मासिक वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्नेछ । कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ । बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।

त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् ।

बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण रकम तथा लगानी सहितको विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि रहेको छ । कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ ।

त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने छ ।

योसँगै आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साबिकका अवकाश कोषहरूमा रहेको बैंकको कर्मचारीहरूका अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम कोषमा रकमान्तरण गरिने पनि सम्झौतामा उल्लेख छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँन कम्पनी स्थापना, आईपीओ पनि आउने

पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्...

वाईफाई नेपालद्वारा विद्यार्थीका लागि खेलकुद सामग्री सहयोग

इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक...

महरालाई १ लाख धरौटीमा छाड्न आदेश

अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न...

नाडा अटो शो भाद्र ९ देखि १४ सम्म, स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भदौ ९...

‘विद्यार्थीको के आम्दानी हुन्छ र उसले ३ प्रतिशत कर तिर्छ ?’

सरकारले निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुले तिर्ने शुल्कमा थप ३...

यी हुन् एनआईसी एशिया बैंकका ठूला शेयरधनी

एनआईसी एशिया बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने...
spot_img