सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई हिरासतमुक्त गर्न आदेश दिएको हो ।
पाण्डेलाई स्मार्ट सेलको धितो लिलाम गरेको कसूरमा सिआइबीले नियन्त्रणमा लिएको थियो ।












