नेपाली कांग्रेसको कोषाध्यक्षमा व्यवसायी उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य रहेका श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन् ।
शेरबहादुर देउवाको कार्यकालमा पनि श्रेष्ठ कोषाध्यक्ष थिए ।












