Thursday, May 14, 2026
spot_img

टेक पाइलाः एआई र साइबर सेक्युरिटी सम्बन्धि बेलायतको कोर्स अब नेपालमा

spot_img
spot_img

अहिले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) र साइबर सेक्युरिटी जस्ता विषयहरु धेरै सुनिन्छन् । विश्वभरी नै एआईको प्रयोग बढिरहेको छ, हरेक दिनजसो नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ ।

यो अवस्थालाई केन्द्रमा राखेर नेपालमा पनि एआई र साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको पढाई सुरु भएको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि ‘टेक पाइला’ले लण्डनको कोर्स नेपाल भित्र्याएको हो । ‘नेशन कम्प्युटिङ सेन्टर (एनसीसी) यूके’को कोर्स टेक पाइलाले नेपालमा भित्र्याएको हो ।

टेक पाइलाका अध्यक्ष राजेन्द्र मल्लका अनुसार यो कोर्स २ वर्षको हुन्छ । अहिले टेक पाइलाले एनसीसी यूकेसँग यसको सम्बन्धन लिएको हो । कोर्स सकिएपछि विद्यार्थीलाई एनसीसी यूकेले नै सर्टिफिकेट दिन्छ । यति मात्रै होइन, एनसीसीमा नयाँ कोर्स विकास हुनासाथ त्यो कोर्स तत्कालै नेपालमा पनि पढ्न पाइन्छ । साथै, कक्षा ११ र १२ मा यो कोर्स पूरा गरेपछि बाँकी अध्ययन आफैँले गर्न सकिन्छ । तर, यदि बाँकी अध्ययन गर्न कसैले लण्डन जान्छु भन्यो भने प्रतिस्पर्धामार्फत यो विकल्प पनि उपलब्ध रहेको छ ।

स्कुल र इन्सिच्युटले धमाधम कोर्स लिन थाले
अहिले टेक पाइलासँग यो कोर्स लिन विद्यालय मात्रै होइन, इन्सिच्युटहरु पन आकांक्षी देखिएका छन् । हालसम्म २२ वटा विद्यालयले कोर्स लिएर आफ्ना विद्यार्थीलाई पढाउन थालेका छन् । धनगढी, महेन्द्रनगर जस्ता शहरमा इन्सिच्युटले पनि यो सेवा विस्तार गर्दैछन् ।

टेक पाइलाले टिचर ट्रेनिङ, बुकलेट निर्माण र अरु टेक्निकल सपोर्ट प्रदान गर्छ । साथै, स्थानीय स्तरमै शिक्षकहरु उत्पादन गर्ने मोडल अनुसार उनीहरुलाई दक्ष बनाउने गरी ट्रेनिङ दिइन्छ । ‘ब्याक अप’का रुपमा विभिन्न सफ्टवेयर तथा आईटी कलेजबाट पास आउट भएका विद्यार्थीलाई राखिएको छ ।

कति लाग्छ खर्च ?
यो कोर्स अहिले विद्यालय र इन्सिच्युटहरुमा लन्च भइरहेको छ । कम्पनीले गाउँ गाउँसम्म पु¥याउने लक्ष्य लिएको छ । टेक पाइलाका अनुसार २ वर्षको हुने यो कोर्स पढ्न प्रतिवर्ष एक विद्यार्थी बराबर जम्मा ६ हजार रुपैयाँ जति खर्च लाग्छ ।

नेपालबाट आईटी सेवा निर्यात गर्न दक्ष जनशक्ति उत्पादन गर्ने र अहिले विश्वभरी नै तहल्लका मच्चाइरहेको एआई सम्बन्धि शिक्षा स्वदेशमै प्रदान गर्ने उदेश्य राखिएको अध्यक्ष मल्ल बताउँछन् । साथै, नेपालमा प्रशस्त मात्रामा बिजुली उत्पादन हुने भएकाले नेपाल दक्षिण एशियाकै आईटी हब बन्न सक्ने बताउँदै उनले यसका लागि आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । यसो हुँदा खर्बौको आईटी सेवा निर्यात गर्न सकिने र डाटा सेन्टरको विकासमा आफ्नै देशमा उत्पादित जनशक्ति खपत हुने उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनसेलमा सीआईबीको छापा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले दूरसञ्चार सेवा प्रदायक...

आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने 

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आज बिहीबार संसदमा बजेटका...

निर्माण व्यवसायी महासंघ आन्दोलनमा, देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन—पत्रसहित धर्ना

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा...

सीइओ पक्राउपछि ४ संस्थाले भने ‘पाण्डेलाई थुनामुक्त गरि बाहिरै राखेर अनुसन्धान होस्’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश...

क्युबामा गम्भीर संकट: देशैभर सकियो डिजेल र पेट्रोल, २२ घण्टासम्म लोडसेडिङ

उत्तरी अमेरिकी देश क्युबाले गम्भीर इन्धन संकटको सामना गरिरहेको...
spot_img