Friday, August 14, 2026
spot_img

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली संशोधन हुने भएको छ । बिहिबार साँझ बसेको महासंघको कार्यकारिणी समिति बैठकले मनोनित हुने केन्द्रीय सदस्यहरुलाई पनि वरिष्ठ उपाध्यक्षको निर्वाचनमा मतदान अधिकार दिने गरी नियमावली संशोधन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्ण प्रसाद शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । शर्मा नेतृत्वको समितिमा वस्तुगत, एसोसियट र जिल्ला नगरबाट निर्वाचित ४ जना केन्द्रीय सदस्यहरु सदस्य रहेका छन् ।

हालको नियमावलीमा निर्वाचित केन्द्रीय कार्यकारिणी समिति सदस्यले मात्रै वरिष्ठ उपाध्यक्षमा मतदान गर्न पाउने प्रावधान छ । अध्यक्ष अन्जन श्रेष्ठले मनोनित भएर आउने ७ जना केन्द्रीय सदस्यहरुलाई पनि मतदानको अधिकार दिनुपर्ने भन्दै आएका थिए । तर, सफल भएका थिएनन् । अब भने उनले नियमावलीमै संशोधन गरेर मनोनित सदस्यहरुलाई पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियामा सहभागी गराउने भएका हुन् ।

नियमावली संशोधनका लागि गठित उपाध्यक्ष शर्मा नेतृत्वको समितिलाई ७ दिनको समय दिइएको छ । उक्त समितिले ७ दिनभित्र आफ्नो सिफारिस दिनेछ । त्यसपछि उक्त समितिको सिफारिस बमोजिम केन्द्रीय कार्यकारिणी समितिले नियमावलीमा संशोधन गर्नेछ ।

भियतनाममा समेत पुगेको थियो विवाद

चन्द्र ढकालको कार्यकालमा भियतनाम भ्रमणका क्रममा त्यहाँ नै महासंघको एउटा बैठक बसेको थियो । उक्त बैठकमा पनि मनोनित केन्द्रीय सदस्यहरुलाई वरिष्ठ उपाध्यक्ष चयनको प्रक्रियामा भाग गराउने कि नगराउने भन्ने विषयमा ढकाल र अन्जन श्रेष्ठबीच विवाद भएको थियो ।

संशोधित विधान अनुसार अध्यक्षले ७ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने प्रावधान छ । तर, यी ७ जना वरिष्ठ उपाध्यक्षको निर्वाचन पछि मनोनित गर्ने कि वरिष्ठ उपाध्यक्षको निर्वाचन अगाडी नै मनोनित गर्ने भन्नेमा त्यतिबेला ढकाल र श्रेष्ठबीच विवाद भएको स्रोतले बताएको छ ।

तर अब भने केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष अन्जन श्रेष्ठ समर्थित केन्द्रीय सदस्यहरुको बहुमत रहेकाले उनले चाहे अनुसार नै काम गर्न सक्ने बाटो खुलेको छ ।

वरिष्ठ उपाध्यक्षको निर्वाचन कहिले ?

नियमावलीमा संशोधन गरे पछि मात्रै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुने भएको छ । ‘नियमावली संशोधनका लागि बनाइएको समितिले सिफारिस गरेका आधारमा अर्को हप्ता बैठक बसेर नियमावली संशोधन गरिन्छ’ स्रोत भन्छ, ‘नियमावली संशोधन भएपछि अध्यक्ष ज्यूले केन्द्रीय कार्यकारिणी समितिमा ७ जनालाई मनोनित गर्नुहुन्छ । त्यसपछि मात्रै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुन्छ ।’

स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन एकैपटक गर्ने तयारी गरिएको छ । यसका लागि निर्वाचन समिति पनि छुट्टै गठन गर्ने तयारीमा अध्यक्ष श्रेष्ठ रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img