Saturday, June 27, 2026
spot_img

सरकारले लिने हाइड्रो आयोजना संचालनको लागि छुट्टै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ खुल्ने

spot_img
spot_img

लाइसेन्स अवधि सकिएपछि सरकारले लिने जलविद्युत आयोजना संचालन र व्यवस्थापनको लागि छुट्टै कम्पनी खुल्ने भएको छ। आज बिजमाण्डुले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यसको लागि गृहकार्य भईरहेको बताएका छन् ।

उनका अनुसार अबको केही वर्षपछि नै बुट मोडलमा निर्माण भएर लाईसेन्स अवधि सकिएका जलविद्युत आयोजना सरकारलाई हस्तान्तरण हुनेछ। सो अगावै नै मन्त्रालयले यसबारे प्रष्ट नीति बनाउन लागेको उनले जानकरी दिए।

मन्त्री श्रेष्ठले सरकारलाई हस्तान्तरण हुने जलविद्युत आयोजना संचालक र व्यवस्थापनको लागि छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने योजना रहेको बताएका हुन् । सो कम्पनीमा निजी क्षेत्र र आम सर्वसाधारणको पनि शेयर स्वामित्व रहने गरि परिकल्पना गरिएको उनले बताए। मन्त्रालयले यसबारे नीति बनाईरहेको उनले जानकारी दिए।

त्यस्तै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई लाइसेन्स दिनको लागि नियमावलीमा टेकेर अनुमति दिँदा पछि केही कानूनी जटिलता आउन सक्ने भएकोले ऐनमै समावेश गरेर त्यसको आधारमा निजी क्षेत्रलाई विद्युत ब्यापारको लाईसेन्स दिने तयारी सरकारको रहेको बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img