Wednesday, May 6, 2026
spot_img
spot_img

ब्रोकर संघका अध्यक्ष सागर ढकाल महांसघको केन्द्रीय सदस्य निर्वाचित

spot_img
spot_img

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।  नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष रहेका ढकालले वस्तुगत तर्फबाट महांसघको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

ढकाल पूँजीबजारसहित अन्य विभिन्न व्यवसायमा आवद्ध छन् । निर्वाचित भएसंगै उनले पूँजीबजारमा आवद्ध रहेका ७२ लाख भन्दा लगानीकर्ताहरूको आवाजलाई महासंघमार्फत नीति निर्माताहरुको तहमा पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । अर्थतन्त्रको मुख्य इन्जिन निजी क्षेत्र नै भएको र त्यसको मेरुदण्डका रुपमा पूँजीबजार रहेको भन्दै ढकालले यो विषयलाई महासंघको फोरममार्फत सरकार, नीति निर्माता र सरोकारवाला समक्ष आफूले सशक्त रुपमा उठाउने बताएका छन् ।

उनले धितोपत्र ऐन २०६३ र यस अन्तर्गतका नियमावलीहरूलाई बदलिँदो बजारको आवश्यकता अनुसार समयसापेक्ष परिमार्जन गर्न प्रभावकारी पहल गर्ने बताएका छन् । नयाँ वित्तीय उपकरणहरूको विस्तार गर्दै मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग समन्वय गर्ने तथा कमोडिटिज, फरेन करेन्सी र बुलियन एक्सचेन्ज स्थापनाका लागि पहल गर्ने उनको लक्ष्य छ ।

साना तथा मझौला उद्यमी व्यवसायहरूलाई पूँजी जुटाउन सहज बनाउने एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन पनि आफूले महासंघमार्फत पहल गर्ने उनको योजना रहेको छ ।

अन्तर्राष्ट्रिय लगानीको ढोका खुला गर्न गैरआवासीय नेपाली र विदेशी लगानीकर्ताहरूलाई नेपाली पूँजी बजारमा भित्र्याउन स्पष्ट र सहज नीति निर्माणमा सरकारलाई सहयोग गर्ने समेत उनले योजना बनाएका छन् ।

युवा उमेरै धेरै व्यवसायिक र संस्थागत अनुभव हासिल गरिसकेका ढकाल पूँजीबजारमा मात्रै भने सिमित छैनन् । उनले जलविद्युत्, होटल, पर्यटन, कृषि लगायतका विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर...

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र...

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज...

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img