सानिमा क्यापिटल लिमिटेडले २०८३ वैशाख २४ गतेदेखि सामुहिक लगानी कोषको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा इक्विटी फण्ड २ नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न लागेको हो ।
यस योजनाको आकार १ अर्बको रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्ने छ। जस मध्ये कोष प्रबर्दक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई र योजना व्यवस्थापक सानिमा क्यापिटललाई २ प्रतिशत अर्थात् २० लाख इकाई सुरक्षित गरिएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा छिटोमा वैशाख २९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ७ गतेसम्म आवेदन दिन सकिने छ।













