युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराई नियुक्त भएका छन्।
कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी साविकको गुराँस लाइफ इन्स्योरेन्सका सीईओ रहिसकेका छन्। अहिले भने उनी निर्जीवन बीमा कम्पनीको सीइओ बनेका हुन् ।













