आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ९४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।













