Saturday, June 20, 2026
spot_img

 सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा वैशाख महिनाभर विशेष छुट घोषणा

spot_img
spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा “Citizens Digital Month Utsav – 19th Anniversary Celebration Campaign 2083″ नाराका साथ २०८३ बैशाख १ गतेबाट २०८३ बैशाख ३१ गते सम्म भव्य रुपमा मनाउने तयारी गरेको छ । बैंकले २०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ ।

सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय Debit Card लाई POS वा E- Commerce Transaction मार्फत सक्रिय गराएमा कारोवार रकमको १९% वा अधिकतम् रु.१९० / – क्यास व्याक, मोवाईल बैंकिङ्क अथवा Dizi Bank मार्फत E-Com Card अनुरोध गरेमा Issuance Charge मा ५०% छुट निष्कृय व्यवसायिक QR भएका ग्राहकहरुले आफनो QR सक्रिय गराएमा कारोवार रकमको १९% वा अधिकतम् रु.१९० / – क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरुमा POS Machine जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ अथवा Dizi Bank मार्फत Locker सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५०% छुट, पारिवारिक सदस्यहरुको नया खाता Refer गरेमा प्रति खाता रु.१००/- क्यास व्याक, मोवाईल बैंकिङ मार्फत International Remittance को रकम भुक्तानी लिएमा रु.२०० /- क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो । यससँगै बैंकले सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५०% छुट अफर समेत घोषणा गरेको छ ।

बैंकले २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img