Monday, June 29, 2026
spot_img

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

spot_img
spot_img

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश दिएपछि अहिले तारन्तार बैठक चलिरहेको छ । बिहिबार बेलुका उच्च अदालत पाटनका न्यायाधीश द्वय पाटनका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले महासंघको नाममा अन्तरिम आदेश जारी गर्दै वार्षिक साधारणसभा सहितको चुनाव रोक्न आदेश दिएपछि बैठकका श्रृङ्खला सुरु भएका छन् ।

बिहिबार साँझ नै अनौपचारिक छलफल भएको थियो । बिहिकार महासंघको सचिवालयभन्दा बाहिर उपस्थित पदाधिकारीबीच यसबारे सामान्य छलफल भएको थियो । शुक्रबार यसैबारेमा छलफल गर्न दिउँसो २ बजेपछि सल्लाहकार सहितको बैठक बोलाइएको छ ।

३ बजे महासंघको पदाधिकारी बैठक बोलाइएको छ । उपाध्यक्ष ज्योत्सना श्रेष्ठका अनुसार पदाधिकारी बैठकमा अदालतको आदेशबारे प्रष्ट छलफल हुनेछ भने आवश्यक निर्णय पनि आजकै बैठकले लिने सम्भावना छ ।

यसैगरी, शनिबार महासंघको वर्तमान केन्द्रीय कार्यकारिणी समितिको अन्तिम बैठक बस्ने तालिका थियो । अब त्यो बैठक बस्ने कि नबस्ने भन्नेमा अन्योल छ । आज बस्ने पदाधिकारी बैठकले सके आजै बेलुकासम्म र नभए भोली भएपनि केन्द्रीय समितिको बैठक राखेर अदालतको आदेश अनुसार ‘फास्ट ट्रयाक’बाट काम सकेर निर्धारित मितिमै साधारणसभा र चुनाव गराउन पहल गर्ने बताइएको छ ।

अर्का एक पदाधिकारीले पनि आजको बैठकले ठोस निष्कर्ष निकाल्ने बताए । ‘चुनाव सार्नु हुँदैन भन्नेमा एकमत नै छ, अब अदालतले पनि पहिलाको आदेश अनुसारको प्रक्रिया पूरा गरेर साधारणसभा गर्नू भनेको हुनाले आजको बैठकले उच्च अदालत पाटनको यसअघिको आदेश अनुसारको प्रक्रिया पूरा गर्न सक्छ’ ति पदाधिकारीले भने ।

महासंघको साधारणसभा चैत २९ र ३० गतेका लागि तोकिएको भएपनि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले साधारणसभा स्थगितको माग गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले बिहिबार अन्तरिम आदेश दिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जगदुल्ला परियोजनाले तयार पार्यो कर्णालीको आर्थिक गतिविधि विस्तारको आधार

डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले कर्णाली प्रदेशको आर्थिक–सामाजिक...

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टद्वारा पदबहाली

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली आज हुँदै

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...
spot_img