Wednesday, June 10, 2026
spot_img

स्टक डिलर कार्यविधि संशोधन: कम्पनी छनौटमा नयाँ व्यवस्था, बजार थप व्यवस्थित हुने विश्वास

spot_img
spot_img

पुँजीबजारलाई थप व्यवस्थित बनाउने उदेश्यले नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्टक डिलर कार्यविधि संशोधन गरेको छ । नेप्सेले धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७ मा पहिलो संशोधन गरेको हो।

संशोधित व्यवस्था अनुसार अब स्टक डिलरहरूले सेयरका अतिरिक्त सरकारी ऋणपत्र, म्युचुअल फण्ड र डिबेन्चरहरूमा समेत सहजै कारोबार गर्न पाउने गरी धितोपत्रको परिभाषा विस्तार गरिएको छ । त्यस्तै अब स्टक डिलरले नाफामा नरहेका कम्पनीको शेयर पनि खरिद गर्न सक्ने भएका छन् । यस अघि ३ वर्षदेखि नाफामा रहेका कम्पनीको शेयर मात्र खरिद गर्नु पर्ने व्यवस्था रहेकोमा अब यो व्यवस्था हटाईएको छ। त्यस्तै अब २५ करोड चुक्ता पुँजी भएका कम्पनीको शेयर स्टक डिलरले खरिद गर्ने सक्ने छ। यस अघि यो व्यवस्था २० करोड थियो।

विगत १ वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएको कम्पनीको शेयर खरिद गर्नु पर्ने साविकको व्यवस्था अब हटाईएको छ । तर स्टक डिलरले नेप्सेमा शेयर सूचीकृत भएको ६ महिना पुगेका कम्पनीको शेयरमात्र खरिद गर्न सक्ने छन् । यो नयाँ थप गरिएको व्यवस्था हो । त्यस्तै स्टक डिलरले दैनिक रूपमा गर्न सक्ने खुद  कारोबार रकम आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशत सम्म पुर्‍याउन पाउने व्यवस्था गरीएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले धितोपत्र कारोबारमा तरलता वृद्धि गर्न र जोखिम व्यवस्थापन गर्ने दायित्व  स्टक डिलरको नै रहेकोले यी व्यवस्थामा संशोधन गरिएको बताए । उनका अनुसार संशोधन मार्फत अन्य प्रक्रियागत व्यवस्थालाई पनि सरलीकरण गरिएको छ ।

यस अघि नेप्सेले तयार पारेको कम्पनीको सूची मध्येबाट स्टक डिलरले कारोबार गर्न चाहेको कम्पनीको नामावली नेप्सेमा पेश गर्नु पर्ने व्यवस्था थियो। नामावली हेरफेर गर्न पनि नेप्सेले स्वीकृत गरिदिनु पर्ने थियो। अब भने नेप्सेलाई जानकारी मात्र दिए हुनेछ। प्रक्रियागत व्यवस्थालाई सरल बनाउन यस्तो व्यवस्था गरिएको नेप्सेले जनाएको छ।

यी व्यवस्थाले पुँजीबजार थप व्यवस्थित हुने , स्टक डिलरको दायर विस्तार हुने, बजारमा तरलता बढ्ने, जोखिम व्यवस्थापनमा स्टक डिलरकै क्षमता अभिवृद्धि हुने, झन्झटिलो प्रावधान हटेर कारोबार प्रक्रिया सरल हुने अपेक्षा गरिएको छ।

नेप्सेले आज नै दुई वटै स्टक डिलरलाई संशोधित व्यवस्था जानकारी गराईसकेको छ ।  हाल नेपालमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर गरि दुई वटा स्टक डिलर कम्पनी रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img