Tuesday, August 11, 2026
spot_img

वैदेशिक रोजगारीमा रहेकालाई बेनी हाइड्रोको आईपीओ बाँडफाँड

spot_img

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चैत्र १ गतेदेखि चैत्र ५ गतेसम्म १ लाख ४ हजार कित्ता शेयर निष्काशन गरेको हो। क्यापिटलका अनुसार यस निष्काशनमा ७९ हजार २ सय ५५ जनाको आवेदन परेको थियो। जस मध्ये ७९ हजार २ सय ३२ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १० हजार ४ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको अप्पर सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० असारदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको अध्यक्ष गणेश कार्की हुन् भने अन्य संचालकमा यम कुमार श्रेष्ठ, हिरेन्द्र मान प्रधान, सोनाम छेरिङ शेर्पा, र पेम्बा गेल्बु शेर्पा रहेका छन्। कम्पनीका सीइओ समन मानन्धर हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...
spot_img

This will close in 0 seconds