नेपालमा Ather Energy को आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले नेपालमा Ather Rizta S सार्वजनिक गरेको छ । यो Rizta लाइन-अपको नयाँ भेरियन्ट हो । जसले गत वर्ष नेपालमा सार्वजनिक भएको Rizta Z को उत्कृष्ट प्रतिक्रिया पछ्याउँदै आएको कम्पनीले जनाएको छ ।
यससँगै Rizta लाइन-अपलाई Ather Assurance प्याकेजद्वारा ब्याट्रीको विश्वसनीयता, चार्जिङ पहुँच, र स्वामित्व खर्चलाई एकीकृत गर्दै EV स्वामित्वलाई सरल, पूर्वानुमानयोग्य र भरपर्दो बनाउने लक्ष्य राखिएको वैद्य इनर्जीले जनाएको छ ।
लन्चको अवसरमा Vaidya Energy Pvt. Ltd. का CEO, Suryansh Vaidya ले भने, “Rizta S लाई प्रत्येक नेपाली परिवारका लागि इलेक्ट्रिक मोबिलिटीलाई सरल, व्यवहारिक र पहुँचयोग्य बनाउन डिजाइन गरिएको हो। यसको विशिष्ट डिजाइन, भरपर्दो प्रदर्शन र Ather Assurance प्याकेजले ग्राहकहरूले इलेक्ट्रिकमा स्विच गर्दा देख्ने वास्तविक चिन्ताहरूलाई सम्बोधन गर्छ। हामी विश्वास गर्छौं कि यसले देशभर EV अपनाउने गति बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”
Rizta लाइन-अपमा अब दुई भेरियन्टहरू समावेश छन्—Rizta Z जसको IDC रेंज 159 km छ, र Rizta S ।
Rizta S मा 2.7 kWh ब्याट्री रहेको छ जसले 123 km को IDC रेंज दिन्छ । यसले 4.3 kW को पीक पावर उत्पादन गर्छ, अधिकतम गति 80 km प्रति घण्टा सम्म पुग्छ, 0 देखि 40 km प्रति घण्टा 4.7 सेकेन्डमा पुर्याउँछ र 22 Nm टर्क प्रदान गर्दछ ।
वास्तविक जीवनको प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको Rizta S मा फराकिलो सिट, प्रशस्त फुटबोर्ड स्पेस र ठूलो स्टोरेज रहेको छ, जसले यसलाई नेपाली यात्रुहरूका लागि शहरका सडकदेखि ग्रामीण बाटोसम्मका दैनिक यात्रामा उपयुक्त बनाउँछ ।
सुरक्षाका लागि Auto Hold, Fall Safe र Emergency Stop Signal, जस्ता सुविधाहरू समावेश गरिएको छ, जसले नेपालका विविध भौगोलिक अवस्थाहरू र व्यस्त ट्राफिकमा सवारी चलाउँदा आत्मविश्वास बढाउँछ ।
Ather Assurance प्याकेज: EV स्वामित्वलाई सरल र भरपर्दो बनाउँदै
Ather Assurance प्याकेजले EV अपनाउनमा देखिने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्दै स्वामित्वलाई सहज र चिन्तामुक्त बनाउँछ ।
- Extended Battery Warranty:
Ather का आफ्नै डिजाइन गरिएका ब्याट्री प्याकहरू विभिन्न राइडिङ अवस्थाहरूमा दशकभन्दा बढी समय परीक्षण गरिएका छन्। यसमा 3 वर्ष वा 30,000 km सम्मको वारेन्टी उपलब्ध छ, जुन 5 वर्ष वा 60,000 km सम्म विस्तार गर्न सकिन्छ । - Charging Infrastructure:
Ather ले नेपालभर रणनीतिक स्थानहरूमा 35 सार्वजनिक फास्ट चार्जरहरू स्थापना गरेको छ, जुन दुई-पहिया EV का लागि सबैभन्दा ठूलो फास्ट चार्जिङ नेटवर्क हो। यसले काठमाडौं–पोखरा वा काठमाडौं–चितवन जस्ता लामो यात्राहरूलाई पनि व्यवहारिक बनाउँछ। हाल ग्राहकहरूलाई Ather Grid फास्ट चार्जिङ स्टेसनहरूमा 1 वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराइएको छ । - Service:
नेपालभर जहाँ-जहाँ Ather Experience Center छन्, त्यहाँ समर्पित सर्भिस सेन्टरहरू उपलब्ध छन्, जसले सहज र भरपर्दो सेवा अनुभव सुनिश्चित गर्छ। साथै, सीमित अवधिका लागि ग्राहकहरूले Annual Maintenance Contract मा 20% छुट पनि पाउनेछन् ।
सजिलो स्विचका लागि आकर्षक मूल्य
Ather Rizta S को मूल्य २ लाख ९४ हजार ९ सय निर्धारण गरिएको छ, जसले यसलाई नेपालको इलेक्ट्रिक स्कुटर बजारमा उच्च मूल्य प्रस्तावको रूपमा स्थापित गर्छ ।
लन्चको अवसरमा, Vaidya Energy ले पहिलो १५० ग्राहकहरूका लागि २० हजारको प्रारम्भिक लाभ उपलब्ध गराएको छ, जसले यस ईभी स्कुटरको मूल्य मूल्य २ लाख ७४ हजार ९ सयमा झार्नेछ ।
यो अफर नगद छुट, एक्सचेन्ज लाभ वा 0% ब्याजदर सहितका आकर्षक फाइनान्सिङ विकल्पमार्फत प्राप्त गर्न सकिन्छ।
बुकिङ र उपलब्धता
Ather Rizta S का लागि बुकिङ र डेलिभरी नेपालभरका सबै 10 Ather Experience Centers मा खुला गरिएको छ। ग्राहकहरूले ९९९ रुपैयाँ तिरेर प्रारम्भिक अफर अन्तर्गत प्राथमिकता सुनिश्चित गर्न सक्नेछन्
शुक्रबारदेखि नै यसको डेलिभरी पनि सुरु भइसकेको छ ।













Good but purai amount Kati time ma pay garnu parxa???