Friday, July 3, 2026
spot_img

फोर्ड नेपालको अभूतपूर्व अफर: SUV वा पिकअप किन्दा EV सित्तैमा

spot_img
spot_img

नेपालमा फोर्ड गाडीहरूको आधिकारिक आयातकर्ता G.O Automobiles Pvt. Ltd. ले सीमित अवधिका लागि एक ऐतिहासिक अफर सार्वजनिक गरेको छ । नेपालमै पहिलोपटक फोर्डका प्रिमियम SUV तथा पिकअप (Ford Everest, Ford Raptor र Ford Ranger) किन्ने ग्राहकले नयाँ इलेक्ट्रिक भेहिकल (EV) निःशुल्क प्राप्त गर्नेछन् ।

इन्धनको बढ्दो मूल्य र दिगो यातायातप्रतिको चासो बढिरहेको सन्दर्भमा फोर्ड नेपालले लामो यात्राका लागि बलियो फोर्ड गाडी र दैनिक सहर आवतजावतका लागि EV गरी दुवै विकल्प एकै प्याकेजमा उपलब्ध गराइएको जनाएको छ । यस योजनाअन्तर्गत, Ford Everest, Ford Raptor वा Ford Ranger खरिद गर्ने ग्राहकले एकै मूल्यमा दुई वटा गाडी घर लैजान सक्नेछन् ।

“नेपालमै पहिलोपटक ल्याइएको यो अफरले ग्राहकलाई फोर्डको रोमाञ्च र विद्युतीय सवारीको व्यवहारिकता एकैसाथ अनुभव गर्ने अवसर दिन्छ,” G.O Automobiles Pvt. Ltd. का प्रतिनिधिले भने ।

G.O Automobiles Pvt. Ltd. (GO Ford) को थापाथलीमा ४,६०० वर्गफुटको आधुनिक सोरुम तथा १८,००० वर्गफुटको अत्याधुनिक वर्कशप सुविधा रहेको छ, जहाँ दक्ष प्राविधिक र आधुनिक उपकरणहरू उपलब्ध छन् ।

हाल कम्पनीसँग नेक्स्ट–जेनेरेशन Ford Everest 2.0L Bi-Turbo, नेक्स्ट–जेनेरेशन Ford Ranger 2.0L नेक्स्ट–जेनेरेशन Ford Raptor 3.0L मोडल उपलब्ध छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...
spot_img