Saturday, June 20, 2026
spot_img

कुमारी बैंकद्वारा मास्टरकार्डद्वारा सञ्चालित पहिलो डेबिट कार्ड सार्वजनिक

spot_img
spot_img

कुमारी बैंकले मास्टरकार्डद्वारा सञ्चालित आफ्नो पहिलो डेबिट कार्ड सार्वजनिक गरेको छ । जसले बैंकको डिजिटल तथा कार्डमा आधारित सेवाहरू सुदृढ गर्ने प्रयासमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्ने बैंकले जनाएको छ ।

यो सुरुवातले सुरक्षित, सहज र विश्वव्यापी रूपमा स्वीकार्य भुक्तानी समाधान प्रदान गर्ने बैंकको रणनीतिक लक्ष्यलाई झल्काने समेत बैंकले जनाएको छ ।

उक्त कार्डको सुरुवात गर्न आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले नवप्रवर्तन र ग्राहक केन्द्रित सेवा प्रवाहप्रति बैंकको प्रतिवद्धता पुनः पुष्टि गर्दै अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य भुक्तानी प्लेटफर्ममा सबैको पहुँचले सेवा गुणस्तर र ग्राहकको विश्वास दुवै सुदृढ बनाउने बताए ।

थप विवरण दिँदै प्रमुख डिजिटल बैंकिङ् अधिकृत अनिश ताम्राकारले नयाँ डेबिट कार्ड नेपाल, भारत र भूटानका मास्टरकार्ड स्वीकार गर्ने सबै एटीएम र प्वाइन्ट अफ सेल टर्मिनलहरूमा प्रयोग गर्न सकिने जानकारी दिए ।

ताम्राकारले निकट भविष्यमा कुमारी बैंकले आफ्नै मास्टरकार्ड क्रेडिट कार्ड पनि सुरु गर्ने योजना बनाएको जानकारी दिँदै यसले बैंकको डिजिटल भुक्तानी प्रणालीलाई अझ सुदृढ बनाउने उल्लेख गरे । उनले गत वर्षदेखि नै बैंकले देशभर आफ्नो एटीएम सञ्जालमार्फत मास्टरकार्ड कारोबार स्वीकार गर्दै आएको र अब आफ्नै डेबिट कार्ड जारी गरेसँगै बैंकको पूर्ण कार्ड सेवा क्षमता अझ सशक्त भएको बताए ।

बैंकले हाल २९७ शाखा, ३१५ एटीएम, ४५ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूबाट सेवा दिँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img