नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ । पोखराको लेकसाइडस्थित तालबाराही चौरमा चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ ।
बीवाईडी एट्टो १ः ‘तपाईंका लागि डिजाइन गरिएको, सहरका लागि बनेको’ भन्ने गरिएको यो एक कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयूभी हो । व्यवहारिक विशेषता र दक्षता सहितको यो गाडी अर्वन मोबिलिटीका लागि उपयुक्त मानिन्छ ।
बीवाईडी एट्टो २ः ‘तपाईको पहिलो एसयूभी, अब इलेक्ट्रिक’ भनिने यो एक भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयूभी हो । यसमा टेक्नोलोजी, स्पेस र कन्भेनियन्सको परफेक्ट ब्यालेन्स छ ।
बीवाईडी एट्टो ३ः यो एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जुन सहरी तथा लामो दुरी दुवै ड्राइभिङका लागि उपर्युक्त छ । यसमा एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र मोडर्न डिजाइन लगायतका फिचर छन् ।
पाँच दिन सम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर समेत ल्याएको छ । प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुने कम्पनीको विश्वास छ ।
यस अन्तर्गत ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, १ वर्षको फ्रि इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, फ्रि एसेसरिज र कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुनेछ ।
बीवाईडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन् । यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको छ ।
यसै सन्दर्भमा बोल्दै साइमेक्स इंकका प्रतिनिधिले भने, ‘काठमाडौं बाहिरका ग्राहकहरुसँग जोडिन र बीवाईडीले नेपालको इलेक्ट्रिक मोबिलिटीलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने देखाउनका लागि वाडा अटो शो एउटा उत्कृष्ट प्लेटफर्म हो । हाम्रो विशेष अफर र प्रमाणित प्रविधिमार्फत ईभीको स्वामित्वलाई सहज पहुँचयोग्य र फलदायी बनाउने लक्ष्य हामीले लिएका छौ ।’












