Saturday, June 20, 2026
spot_img

एनआईसी एशियाले मनायो ‘ग्लोबल मनी विक’, सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

spot_img
spot_img

एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले स्थानीय स्तरका विद्यालय तथा कलेजहरुमा विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै उनीहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियान अन्तर्गत हप्ताभरीमा सञ्चालन गरेका ६७ भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् ।

साथै, बैंकले नेपाल राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिलाई अझ व्यापक बनाउन विभिन्न सामग्रीहरु निर्माण गरी बैंकको सामाजिक सञ्जालहरुमा समेत प्रकाशन गरेको थियो । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा थप सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img