Friday, July 3, 2026
spot_img

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवादमा नियमन आयोगले भन्यो ‘मागदाबी पुगेन’

spot_img

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत नियमन आयोगले अन्तिम निर्णय सुनाएको छ । पटक पटकको सुनुवाईपछि आयोगले चैत्र १ गते आइतबार उद्योगको मागदाबी नपुग्ने भन्दै अन्तिम निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणसंग विद्युत बक्यौता विवाद बढेपछि पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले आफुहरुले  डेडिकेटेड तथा ट्रंकलाइनको विजुली नै प्रयोग नगरेको भन्दै नियमन आयोगमा उजुरी दिएका थिए ।  जसमा नियमन आयोगले कार्तिक ३० गते पहिलो सुनुवाई गरेको थियो । पहिलो सुनुवाईमा आयोगको इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको थियो भने लिखित जवाफ माग गरेको थियो।

दुवै पक्षले लिखित जवाफ पठाएपछि आयोगले उजुरीकर्ता दुई कम्पनीमा र कम्पनीले विपक्षी बनाएका विद्युत प्राधिकरणमा पनि स्थलगत निरीक्षण गर्ने आदेश दिएको थियो।  विज्ञसहितको टिम लिएर आयोगका कर्मचारीहरु पन्चकन्या ग्रुपको भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजको साथै विद्युत प्राधिकरणको स्थलगत निरीक्षणमा गएका थिए। त्यस क्रममा प्राविधिक पक्षको साथै कम्पनी र प्राधिकरणले पनि इजलाशमा पेश गरेका विभिन्न विवरणको निरीक्षण गरिएको आयोगले जनाएको छ।

भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले विवादित विद्युत बक्यौताको पहिलो किस्ता विद्युत प्राधिकरणमा बुझाएर न्यायिक निरुपणको लागि विद्युत नियमन आयोगमा उजुरी दर्ता गराएको थियो । जसमा दुवै उद्योगले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सप्लाई लिएको उपोभोक्तालाई वक्यौता विद्युत महशुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्तिको माग गरेका थिए। तर नियमन आयोगले भने उद्योगको मागदाबी नपुग्ने भन्दै विद्युत प्राधिकरण कै पक्षमा अन्तिम निर्णय गरेको छ ।

पञ्चकन्या प्लाष्टिक उद्योगले पहिलो किस्ताबापत ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टील इण्डष्ट्रिजको पहिलो किस्ताबापत १ लाख ८६ हजार ४०५ रुपैयाँ बुझाएपछि प्राधिकरणले उद्योगमा लाइन जोडिदिएको थियो । आयोगको निर्णय विरुद्द अब यी उद्योग अदालत जान सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...
spot_img