Tuesday, May 5, 2026
spot_img
spot_img

आक्रमणपछि अमेरिकामा विश्वकप खेल्न नजाने इरानको घोषणा, अब कुन देशले पाउँछ चान्स ?

spot_img
spot_img

ईरानले २०२६ फिफा विश्वकप बहिस्कार गर्ने निर्णय गरेको छ। ईरानका खेलकुद तथा युवा मन्त्री अहमद दोन्यामालीले सरकारी टेलिभिजनमा बोल्दै यो निर्णय घोषणा गरेका हुन्।

उनले अमेरिका र इजरायलद्वारा ईरानमा गरिएका हवाई आक्रमणहरू, सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको हत्या तथा जारी युद्धका कारण खेलाडीहरूको सुरक्षा सुनिश्चित नहुने बताउँदै विश्वकपमा सहभागी हुन “कुनै पनि अवस्थामा सम्भव नभएको” उल्लेख गरे। यस संगै इरानले विश्वकपमा सहभागिता नजनाउने लगभग निश्चित भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

यस अघि  इरानी फुटबल महासंघले २०२६ फिफा विश्वकपमा सहभागिता ‘असम्भव’ जस्तै भएको बताएको थियो । इरानका फुटबल महासंघ अध्यक्ष मेहदी ताजले सार्वजनिक रूपमा भनेका थिए, “अमेरिकाको आक्रमणपछि विश्वकपमा जान सम्भव छैन, खेलकुद अधिकारीहरूले निर्णय लिनेछन् ।”

इरानले यसअघि नै २०२६ विश्वकपका लागि छनोट भएको थियो र समूह ‘जी’ मा बेल्जियम, न्यूजिल्यान्ड र इजिप्टसँग परेको थियो । उनीहरूका तीनै खेल अमेरिकामा (लस एन्जलस र सियाटल) हुने तयारी थियो । तर हालको युद्ध स्थिति, यात्रा प्रतिबन्ध र सुरक्षा चिन्ताका कारण इरानले सहभागिता नजनाउने निर्णय गरेको हो ।

  बहिष्कारपछि के हुन्छ ?
फिफा नियमअनुसार कुनै टोलीले विश्वकप सुरु हुनुभन्दा अगाडि सहभागिता नजनाएमा वा बहिष्कार गरेमा त्यसको ठाउँमा एउटै कन्फेडरेसन (एएफसी) को अर्को टोलीलाई प्रतिस्थापन गर्न सकिन्छ । समूहको संरचना कायम राख्दै खेल तालिका परिवर्तन नगरी नयाँ टोली भर्न सकिने प्रावधान छ । यसले गर्दा ४८ टोलीको विश्वकप पूर्ण रूपमा सञ्चालन हुनेछ ।

कसले प्रतिस्थापन गर्छ ?

इरानले विश्वकप बहिस्कार गरेसंगै इरानको ठाउंमा इराक आउने सम्भावना छ । एएफसी छनोटमा ९ औं स्थानमा रहेको इराक हाल इन्टर-कन्फेडरेसन प्लेअफमा छ । धेरै रिपोर्टमा इराकलाई सीधै समूह ‘जी’ मा ल्याउने उल्लेख छ । यद्यपि संयुक्त अरब इमिरेट्स (यूएई) को पनि सम्भावना छ। इराकलाई विश्वकपमा र यूएईलाई प्लेअफमा सार्ने विकल्प पनि चर्चामा छ । फिफाले अन्तिम निर्णय आफैं लिन्छ, तर एएफसीभित्रकै उच्चतम नन-क्वालिफाइड टोलीलाई प्राथमिकता दिने नियम छ ।

 फिफाले इरानलाई प्रतिबन्ध लगाउन सक्छ ?
प्रतिबन्धको सम्भावना भने निकै कम छ । फिफा नियमले राजनीतिक बहिष्कार गर्ने टोलीलाई भविष्यका प्रतियोगिताबाट बञ्चित गर्न सकिने प्रावधान राखे पनि यो युद्ध र सुरक्षा सम्बन्धी अवस्था हो । फिफाले इरानलाई ‘बहिष्कार’ नभई ‘असमर्थ’ मान्ने र मात्र प्रतिस्थापन गरेर अघि बढ्ने सम्भावना छ । दीर्घकालीन प्रतिबन्ध लगाउने जोखिम कम छ किनकि फिफाको मुख्य लक्ष्य सुरक्षित र पूर्ण विश्वकप आयोजना गर्नु हो ।

यो घटनाक्रमले फिफाका लागि ठूलो चुनौती खडा गरेको छ । विश्वकप जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुनेछ । इरानको ठाउँमा इराक वा यूएई आएमा समूह ‘जी’ को खेल तालिका लगभग उस्तै रहनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

महासंघको चुनाव आजः १३७ जना उम्मेदवार मैदानमा

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत आज...

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २२...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने...

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...
spot_img