Wednesday, June 10, 2026
spot_img

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

spot_img
spot_img

नेपाल राष्ट्र बैङ्कले आज साउन ११ गते शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। यस अघि अघिल्लो शुक्रबार (साउन ४ मा) नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि गभर्नर महाप्रसाद अधिकारीले तयारी नपुगेको भन्दै ढिलाई गरेका थिए।

साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेपछि खतिवडालाई  पनि ‘ब्रिफिङ’ गर्नुपर्ने भएकाले गत साता  मौद्रिक नीति आउँन नसकेको बताइन्छ।

अब भने मौद्रिक नीति सार्वजनिक गर्नको लागि सम्पूर्ण तयारी पुरा भईसकेको राष्ट्र बैंकले जनाएको छ। शुक्रबार बिहान ८ बजे राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ । संचालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

विगतको भन्दा यस पटकको मौद्रिक नीति केही लचिलो हुने राष्ट्र बैङ्क स्रोत बताउछ। नयाँ सरकार गठन भएपछि एमालेबाट विष्णु प्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री पौडेलले गभर्नर र आफ्नो ट्युनिङ मिल्ने भएकोले अर्थतन्त्रका समस्या समाधान हुने गरि मौद्रिक नीति आउने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । बैङ्कर्स तथा व्यवसायीहरुले पनि कर्जा प्रवाह बढ्ने गरि लचिलो मौद्रिक नीति ल्याउनको लागि माग गरिरहेका छन् । अहिलेको मौद्रिक नीति गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति हुने भएकोले पनि लचिलो मौद्रिक नीति आउने अपेक्षा व्यवसायीहरुको छ । शेयर लगानीकर्ताहरुले भने मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा हट्ने तथा शेयर धितोकर्जाको जोखिमभार घट्ने अपेक्षा गरेका छन्।

यो पनि : मौद्रिक नीति भनेको के हो, वित्त नीतिभन्दा के फरक छ ?

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img