Tuesday, August 25, 2026
spot_img
spot_img

भारतभन्दा नेपालमा प्रतितोला ४३ हजार महँगो भयो सुन, तस्करी बढ्ने चिन्ता

spot_img

भारत सरकारले सुन आयातमा लाग्ने भन्सार दर १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेपछि नेपालभन्दा भारतमा सुन सस्तो भएको छ । यसअघि भारतमा सुन आयात गर्दा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो । गत मंगलबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भन्सार दर ६ प्रतिशतमा झारिन् ।

यसअघि नै नेपालभन्दा भारतमा सुन सस्तो रहेकोमा भन्सार दर घटेसँगै नेपालको तुलनामा भरतमा सुन अझै सस्तो भएको छ ।

गत जेठ १५ गते पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुनमा लाग्दै आएको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याए । तर, भारतले भन्सार दर घटाएपछि भारतमा अझै सुनको मूल्य घट्ने देखिएको छ ।

आज बिहिबार नेपालमा छापावाला सुन प्रतितोला एक लाख ४५ हजार र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । भारतमा नेपालको तुलनामा तोलामै ४३ हजार रुपैयाँसम्म सुन सस्तो पर्ने देखिएको छ ।

नेपालमा महँगो भएपछि भारतबाट नेपालतर्फ सुनको तस्करी हुने चिन्ता थपिएको छ । खुला सीमानाका कारण सुनको तस्करी बढ्ने चिन्ता व्यवसायीहरुले गरेका छन् ।

यसअघि पनि नेपालमा सुन तस्करी हुने गरेको र अब यो क्रम झन बढ्ने शंका व्यवसायीहरूको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...