आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६९ हजार ९ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९ सय २१ रुपैयाँ तोकिएको छ ।













